बैतडीकी सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

काठमाडाैं | साउन २५, २०८०

बैतडीकी सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

काठमाण्डौ: बैतडीकी सरस्वती नेपाली अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले प्रदान गर्ने ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ ९जीएआरसी० बाट सम्मानित हुनु भएको छ ।

 

अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई सम्मान गर्नु भएको हो ।

 

एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उहाँले नेपालमा सीमान्तकृत जाति, अपाङ्गता भएका र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको भन्दै यो अवार्ड दिइएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

 

सरस्वती नेपालीको प्रयासले नेपालको पश्चिमी जिल्लाका ग्रामीण क्षेत्रका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएको खबरमा उल्लेख छ । उहाँले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा जातीय भेदभाव विरुद्धको मुद्दा जितेको पनि दूतावासले जनाएको छ ।

 

उहाँसहित ट्युनिसिया, बङ्लादेश, ब्राजिल, मोल्डोभो र पेरुका एकरएक जना सामाजिक अभियन्तालाई पनि यो अवार्डबाट सम्मान गरिएको छ ।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्